३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कश्मिर सम्बन्धमा भारतीय कदमबारे अवधारणा बनाउन पाकिस्तानले बनायो समिति


0
Shares

काठमाडौं, साउन २२ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले कश्मिरको सम्बन्धमा चालेको कदमबारे अवधारणा बनाउन सात सदस्यीय समिति गठन गरेका छन् ।

राजनीतिक, कूटनीतिक र कानुनी उपचारका लागि समिति गठन गरिएको हो ।

समितिमा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसी, महान्यायाधिवक्ता, विदेशसचिव, ‘आइएसआई’का प्रतिनिधि, सैनिक प्रतिनिधि र ‘आइएसपीआर’ प्रमुख बिलाल सुफी रहेका छन् ।

यसअघि, मंगलबार पाकिस्तानी संसदमा भारतीय कदमबारे छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री खानले भारतीय जनता पार्टीको सरकार नश्लवादी श्रेष्ठताको विचार लिएर अगाडि बढिरहेको भन्दै भाजपा हिटलरको नाजी पार्टीकारुपमा देखापरेको आरोप लगाएका थिए ।

भारतमा हिन्दुलाई महत्वपूर्ण र मुस्लिमलाई निच देखाउने प्रयास भइरहेको आरोप पनि उनले लगाए ।

पाकिस्तानी प्रधानमन्त्री खानको उक्त आरोपप्रति भारतले भने कुनै प्रतिक्रिया दिएको छैन । (एजेन्सी)