
काठमाडौं । अमेरिकी चर्चित साहित्यकार टोनी मोरिसनको ८८ बर्षको उमेरमा निधन भएको छ ।
नोबेल पुरस्कार र पुलिट्जर विजेता मोरिसनको केही समयदेखि बिरामी रहेको उनको पारिवारिक श्रोतले जनाएको छ ।
सन् १९९३ मा साहित्यका लागि नोबेल पुरस्कार बिजेता मोरिसनका ११ उपन्यास प्रकाशित छन् । उनको पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ सन् १९७० मा प्रकाशित भएको थियो ।
सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोरिसनलाई प्रेसिडेन्सियल मेडल अफ फ्रिडमद्धारा सम्मान गरेका थिए ।
विश्व चर्चित अमेरिकी प्रकाशन गृह रेन्डम हाउसको सम्पादकसमेत रहेका मोरिसन पहिलो अफ्रो अमेरिकन महिला हुन् । उनले सन् १९६७ देखि १९८३ सम्म उक्त जिम्मेवारी सम्हालेकी थिइन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्