
काठमाडौं । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीनबीच साँस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताएका छन् ।
नेपाल–चीन विकास सम्भावना र चुनौति बिषयक आज काठमाडौमा भएको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीच पारस्परिक सम्बन्ध रहेकाले एक आपसमा सहयोगी भूमिका हुनु पर्नेमा जोड दिए ।
नेपालको बिकासमा चीनले गरेको सहयोग प्रशंसनीय रहेको भन्दै उनले नेपालमा लगानी गर्न आग्रह समेत गरे ।
दुई देशबीच पर्यटकीय सम्भावना उल्लेख्य रहेको भन्दै मन्त्री ज्ञवालीले पर्यटनको क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।
नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा चीनले सहयोगि भूमिका खेलेको भन्दै नेपालमा निनियाँ लगानी भित्र्याउनको लागि सरकारले पहल गरी रहेको पनि बताए ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले नेपालको दीगो विकासको लागि चीनको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
उनले नेपालको सडक र भौतिक पुनर्सरचनाको क्षेत्रमा चीनले सहयोग गरेको भन्दै दुई देशबीचको हितमा काम गर्नु पर्ने आवश्यकता औल्याए ।
प्रतिक्रिया दिनुहोस्