Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


मोटर बाटो नभएको जग्गा धितो राख्न पाइने


0
Shares

काठमाडौं, साउन २२ । अब मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ । यस्तो कर्जामा सेवा शुल्कसमेत पुरै छुट हुनेछ ।

नेपाल राष्ट्र बैंकले व्यावसायिक कृषि, पशुपालन, साना तथा मझौला व्यवसाय गर्नेलाई र भूकमप प्रभावित क्षेत्रमा आयमुलक क्रियाकलापलाई प्रोत्साहित गर्न ऋणीलाई मोटर बाटो नभएको खेतीयोग्य जमिन बैंकहरुले धितोमा लिन सक्ने व्यवस्था गरेको हो । –राजधानी दैनिकबाट