२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


चीनले दियो हङकङका प्रदर्शनकारीलाई कडा चेतावनी


0
Shares

काठमाडौं, साउन २१ । चीनले हङकङका प्रदर्शनकारीलाई ‘आगोसँग खेल्ने प्रयासले आफैंलाई जलाउने’ भन्दै कडा चेतावनी दिएको छ ।

हङकङस्थित चीनको उच्च नीति कार्यालयका प्रवक्ता याङ गुयाङले प्रदर्शनकारीहरूलाई केन्द्रीय सरकारको संयमलाई कम नआँक्न चेतावनी दिएका हुन् ।

चीनले हङकङमा ९ सातादेखि चलेको सरकारविरोधी प्रदर्शनलाई लिएर जारी गरेको यो सबैभन्दा कडा चेतावनी हो ।

प्रदर्शनकारीहरुले सोमबार (हिजो) आह्वान गरेको हडतालका कारण हङकङका २०० उडानहरू रद्द भएका थिए ।

दिनहुँ भइरहेका प्रदर्शनका कारण हङकङको अर्थतन्त्रमा नकारात्मक असर परेको छ ।

प्रदर्शनकारीहरूले प्रहरी ज्यादतीको आरोपको छानबिन, विवादास्पद सुपुर्दगी विधेयकको पूर्णखारेजी, प्रजातान्त्रिक सुधार र हङकङ प्रमुख क्यारी लामको राजीनामा माग गरेका छन् ।

प्रदर्शनकाक्रममा लगातार हिंसा भड्किरहेको छ ।

सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङ एक मुलुक दुई प्रणालीअन्तर्गत् सन्चालित छ । (एजेन्सी)