काठमाडौं, साउन २० । दुग्ध विकास संस्थान (डीडीसी) ले भारतबाट दूध खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।
माग पूरा गर्न नसकेकाले भारतको पटनास्थित एक डेरीसँग करिब ३० हजार लिटर दूध आयात गर्न लागेको हो । संस्थानका अधिकारीहरु साता अघि सम्झौता गरी फर्किएका छन् ।
‘अब केही दिनभित्रमा पटनाको डेरीबाट दूध आउँछ,’ हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख गणेशकुमार यादवले भने ।
दूध अभाव भएकाले संस्थानले भारतबाट आयात गर्न लागेको उनले जानकारी दिए । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्