१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


क्यान्सरपीडित बालबालिका र्‍याम्पमा


0
Shares

काठमाडौं, साउन १८ । ‘बालबालिकामा हुने क्यान्सर निको हुन्छ’ भन्ने जनचेतना फैलाउन क्यान्सरपीडित बालबालिका र्‍याम्पमा उत्रिएका छन् ।

आफूजस्तै क्यान्सरसँग जुधिरहेका बालबालिकाको मनोबल बढाउने उद्देश्यका साथ उनीहरु र्‍याममा उत्रिएका हुन ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा क्यान्सरपीडित बालबालिकाहरुसँगै उनीहरुलाई उपचार गरिरहेका चिकित्सकहरु पनि र्‍याम्पमा उत्रिएका थिए ।

बालबालिकाले आ–आफ्नो प्रतिभासमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले बालबालिकाको आत्मविश्वासको प्रशंसा गर्दै नेपालमै क्यान्सरको उपचार सम्भव हुनु सुखद् रहेको बताए ।

उनले नेपाल क्यान्सर सहयोग समूहलाई आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणासमेत गरे ।

विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वमा वर्षेनि एक करोड ९० लाख क्यान्सररोगी थपिन्छन् । जसमध्ये बालबालिको संख्या १० लाख हुने गर्दछ ।