३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


सुडानमा सेना र विपक्षी गठबन्धनबीच संवैधानिक घोषणापत्रमा सम्झौता


0
Shares

काठमाडौं, साउन १८ । सुडानको अन्तरिम सैनिक परिषद् र मुख्य विपक्षी गठबन्धनबीच संवैधानिक घोषणापत्रसम्बन्धी सम्झौता भएको छ ।

यो घोषणापत्रले नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको छ ।

सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले सम्झौताका केही प्राविधिक पक्ष मिलाउन बाँकी रहेको जानकारी दिए ।

सम्झौतामा नयाँ सरकार गठनदेखि शान्ति–प्रक्रिया हुँदै निर्वाचनसम्मका विषयवस्तु समेटिएको छ ।

नागरिक सरकारको माग गर्दै भएको प्रदर्शनमा भड्किएको हिंसामा संलग्न रहेको भन्दै सैन्य परिषद्ले ९ जना सेनालाई बर्खास्त गरेको सार्वजनिक भएलगत्तै पछिल्लो सम्झौता सार्वजनिक भएको हो ।

गत अप्रिलमा सेनाले राष्ट्रपति ओमार अल बशिरलाई अपदस्थ गरेपछि सुडान राजनीतिक अस्थीरतामा रुमल्लिरहेको छ ।

सैनिक परिषद् र विपक्षी गठबन्धनबीच गत जुलाईमा शक्ति बाँडफाँटका विषयमा सम्झौतामा भएको थियो ।

सुडानमा सेनाले सत्ता हातमा लिएपछि नागरिक सरकारको माग गर्दै प्रदर्शनहरु भइरहेका छन् ।

सैनिक परिषद्ले अरु आन्दोलनकारी समूहहरुसँग पनि वार्ता र सम्झौताको प्रयास गरिरहेको छ । (एजेन्सी)