Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


ललितपुरमा ‘पारदर्शी हरियो बार’को निर्माण


0
Shares

ललितपुर, मंसिर १० । ललितपुर महानगरपालिकाले महानगरलाई हरियालीयुक्त सहर निर्माण गर्ने योजनाअन्तर्गत् तीन ठाउँमा ‘पारदर्शी हरियो बार’को निर्माण गरेको छ ।

बुधबार नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पश्चिमतर्फ मूल सडकमा लगाइएको पारदर्शी हरियो बारको उद्घाटन गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर क्षेत्रलाई हरियालीयुक्त सहर बनाउने सपनालाई साकार बनाउन यस योजनालाई प्राथमिकता दिइएको बताउनुभयो ।

महानगरपालिकाभित्र सदर चिडियाखानाअगाडिको फुटबल मैदान वरिपरि र महालक्ष्मीस्थाननजिकै रहेको राजदल गणसँगैको खेलमैदान वरिपरि बार लगाइएको छ ।

यो योजना सम्पन्न गर्नका लागि ५५ लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ ।