Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


काश्मिरमा थप १० हजार सैनिक तैनाथ, स्थानीय त्रसित


0
Shares

श्रीनगर, साउन १२ । गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित बनेका छन् ।

यद्यपि भारतीय अधिकारीले उक्त कदम नियमित तालिका अनुसार भएको जनाएका छन् ।

भारतले मुसलमान समुदायको बहुमत भएको उक्त हिमाली क्षेत्रमा सन् १९४७ मा भारत र पाकिस्तानबीच भएको विभाजित बनेपछि करिब पाँच लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ ।

काश्मिर क्षेत्रमा पछिल्ला बर्षहरूमा विद्रोहीहरूका गतिविधि बढेको भारतीय बुझाई छ भने भारतको सर्वोच्च अदालतले गत बर्ष काश्मिरसम्बन्धी एउटा मुद्दामा सुनुवाई शुरू गरेपछि स्थानीयहरूमा उनीहरूमा निहित विशेषाधिकार गुम्नसक्ने त्रास बढेको बताइएको छ ।

अधिकारीले भनेका छन्, ‘सैनिक दस्ताको तैनाथी गत बर्षदेखि निर्वाचनका लागि खटिएका सैनिक अधिकारीलाई आराम दिन र बार्षिक रूपमा हुने हिन्दू तीर्थयात्रीको सुरक्षाका लागि भएको हो ।’

उक्त स्थानमा २० हजार सैनिकहरू तैनाथ गर्ने योजना सरकारको रहेको बताइएको छ । 

‘सैनिकहरूले लगातार सात महिनादेखि उक्त क्षेत्रमा निरन्तर काम गरिरहेका, केही विदामा घरमा जान चाहेका र केहीलाई तालिममा खटाइएकाले सीमा क्षेत्रमा सुरक्षाको प्रत्याभूत गराईराख्न १० हजार सैनिक अधिकारी तैनाथ गरिएको हो,’ प्रहरी महानिर्देशक दिलबाग सिंहले बताए ।

नियमित सेवाका लागि उक्त स्थानबाट २०० कम्पनी (२० हजार सैनिक) माग भएकाले थप केही जाने तयारी रहेको बताइएको छ ।

तर एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने, ‘यस क्षेत्रमा सम्भावित विरोध तथा आन्दोलनका कार्यक्रम हुनसक्ने सूचनाका आधारमा थप सैनिक तैनाथ गरिएको हो ।’ तर उनले यसबारेमा बिस्तृत विवरण दिएनन् । (रासस÷एएफपी)