
काठमाडौं, कात्तिक २९ । डा. गोविन्द केसीले कोरोनाको उपचार खर्च आफैं व्यहोर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनु भएका थियो ।
डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामनाका लागि धन्यवाद दिनुभएको छ ।
डा. केसीले सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् विज्ञप्ति माफत जानकारी गराउनुभएको छ ।
कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन् ।
त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ डा. केसीले बताउनुभएको छ ।
सरकारले पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए ।
साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए ।
डा. केसीले १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्नुहुन अनुरोध गनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्