Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


उपप्रधानमन्त्री पोखरेलद्धारा ‘एक्सन रुम’ प्रभावकारी बनाउन निर्देशन


0
Shares

काठमाडौं, कात्तिक २६ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’को निरीक्षण गरी यसलाई प्रभावकारी सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले ‘एक्सन रुम’बाट हाल भइरहेका गतिविधि, सञ्चालनमा देखापरेका समस्या र प्रभावकारी कामका लागि तत्काल सुधार गर्नुपर्ने सवालबारे चासो दिनुभएको हो ।

उहाँले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन, रिपोर्टिङ तथा अन्य देखापरेका समस्या समाधानका लागि एक्सन रुमको उपयोग गरिने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो, “नतिजामुखी परिणाम दिनेगरी तत्काल समस्या समस्याको समाधानसहित एक्सन रुमको प्रभावकारी सञ्चालन गर्ने कार्ययोजना बनाउनुस् ।”

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्र्तगतको नतिजा व्यवस्थापन क्षेत्र हेर्न सचिव डा. तीर्थ ढकालले ‘एक्सन रुम’का बारेमा जानकारी गराउनुभएको थियो ।