३० असार २०८२, सोमबार | Mon Jul 14 2025


बोरिस जोन्सनले आजदेखि बेलायती प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने


0
Shares

काठमाडौं । सत्तारुढ दल कन्जरर्भेटिभ पार्टीको नेता चयन भएका बोरिस जोन्सनले आज बेलायती प्रधानमन्त्रीको पदभार ग्रहण गर्दैछन् ।

पार्टी नेता चुनिएपछि उनले आज महारानी एलिजावेथ सामु सपथ लिँदै बेलायतको ७७ औं प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गर्ने भएका हुन् ।

यसअघि प्रधानमन्त्री टेरिजा मेले संसद्मा हुने प्रश्नोत्तरमा सहभागी भएपछि महारानीसमक्ष राजीनामा दिनेछिन् । टेरिजाको राजीनामालगत्तै नयाँ प्रधानमन्त्रीमा जोन्सन चयन हुनेछन् ।

बेलायत युरोपियन युनियनबाट बाहिरिने पक्षको कट्टर समर्थक रहेका जोन्सनले पार्टी नेता चयन हुने क्रममा विदेशमन्त्री जेरेमी हन्टलाई पराजित गरेका थिए ।

जोनसनले ९२ हजार १ सय ५३ मत ल्याउँदा हन्टले ४६ हजार ६ सय ५६ मत मात्र ल्याए ।

टोरीका १ लाख ५९ हजार ३ सय २० योग्य सदस्यमध्ये ८७ दशमलव ४ प्रतिशतले मतदान गरेका थिए ।

त्यसमध्ये ५ सय ९ मत बदर भएको थियो । दलको नेता निर्वाचित भएलगत्तै जोन्सनले कुनै पनि हालतमा ब्रेक्जिटलाई टुंगोमा पुर्‍याउने, देशलाई एक ढिक्का पार्ने र विपक्षी नेता जेरेमी कोर्बिनलाई पराजित गर्ने प्रतिक्रिया दिएका थिए ।

बेलायत युरोपियन युनियनबाट बाहिर आउनुपर्ने नीति ब्रेजिक्टका कट्टर पक्षधर जोन्सनले नयाँ प्रधानमन्त्री भएपछि कयौं मन्त्रीले भने राजीनामा दिने भएका छन् ।

तीमध्ये शिक्षामन्त्री ऐन मिल्टोन र फरेन असिफ मन्त्री अलान डन्कनले राजीनामा दिइसकेका छन् ।

अर्थमन्त्री फिलिप ह्यामण्ड, कानुनमन्त्री डेभिड गाउक र अन्तर्राष्ट्रिय विकास मन्त्री रोटी स्टेवार्टले राजीनामा दिने घोषणा गरिसकेका छन् ।(एजेन्सी)