
सिन्धुली । सिन्धुलीको कमलाखोच क्षेत्रको रानीवास वनमा वन्यजन्तुुहरुको चोरी शिकारी बढेको छ ।
दशै–तिहार जस्ता चाडपर्वको मौका छोपेर तस्करहरुले रानीवासको चुरे वन क्षेत्रमा केही दिन यता मृग, निलगाई, बनेललगायतका वन्यजन्तुको शिकार गर्दै आएका छन् ।
रानीवासको घना जंगलमा जंगली हात्ती, बाघ, भालु, मृग घोरललगायत वन्यजन्तुको वासस्थान रहेको छ ।
केही दिनअघि तस्करको आक्रमणले मारिएको दुर्लभ निलगाई वन कर्मचारीले फेला पारेका थिए ।
वन्यजन्तु चोरी शिकार गर्नेलाई वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १० लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्