३० असार २०८२, सोमबार | Mon Jul 14 2025


रुसी सैन्य विमान देख्नासाथ दक्षिण कोरियाली वायु सेना आक्रामक


0
Shares

सोल, साउन ७ । दक्षिण कोरियाली हवाई क्षेत्रमा रुसी सैन्य विमान आएपछि दक्षिण कोरियालको वायु सेना आक्रामक रुपमा प्रस्तुत भएको छ ।

दक्षिण कोरियाली लडाकु विमानले रुसी सैन्य विमानलाई लखेट्ने क्रममा चेतावनीरुवरुप ‘फायर’ खोलेको बताइन्छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार रुसी सैन्य विमानहरु मंगलबार बिहान दक्षिण कोरियाली हवाई क्षेत्रमा प्रवेश गरेका थिए । जवाफी कारवाहीमा दक्षिण कोरियाली लडाकु विमान उडाइएको र चेतावनीस्वरुप ‘फायर’ खोलेको बताइएको छ ।

रुसले यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । दक्षिण कोरियाली अधिकारीहरुले पनि थप विवरण सार्वजनिक गरेका छैनन् ।

रुस र दक्षिण कोरियाबीच यस प्रकारको तनाव बेलाबखत देखा पर्दै आएको छ । गत जुनमा पनि दक्षिण कोरियाले रुसी दूतावासका एक अधिकारीलाई यस प्रकारको घटनाबारे सचेत तुल्याएको थियो । त्यतिबेला दक्षिण कोरियाले आफ्नो हवाई क्षेत्रमा दुई रुसी लडाकु विमान आएको दावी गरेको थियो ।

हालै दक्षिण कोरियाले १६ रुसी नागरिकलाई मुलुक प्रवेशको अनुमति दिन अस्वीकार गरेको थियो । उनीहरु गैरकानुनी गतिविधिमा संलग्न रहेको आशंकामा दक्षिण कोरियामा प्रवेश गर्न अनुमति दिन नसकिने जानकारी दक्षिण कोरियाले रुसी विदेश मन्त्रालयलाई दिएको थियो । (एजेन्सी)