Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


दुई सातामै २ लाख बेरोजगार दर्ता


0
Shares

काठमाडौं । दसैंअघिको दुई सातामा रोजगारको माग गर्दै २ लाख नेपालीले बेरोजगार सूचीमा नाम दर्ता गराएका छन् ।

कोरोना संकटका कारण रोजगारीका क्षेत्र खुम्चँदै गएपछि बेरोजगार हुनेको दर एक्कासी बढेको छ ।

हालसम्म नेपालभित्र बेरोजगारको सूचीमा नाम दर्ता गराउनेको संख्या लगभग ६ लाख पुगेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोजमा सार्वजनिक गरेको प्रतिवेदनमा उलल्लेख छ ।

मन्त्रालयमा बेरोजगार रहेको जनाउँदै दसैँअघि दुई हप्तामा मात्र १ लाख ९२ हजार युवाले नाम दर्ता गराएका छन् ।

मन्त्रालयले असोज १५ देखि २९ गतेसम्म सार्वजनिक गरेको तथ्याकंमा बेरोजगार एक्कासि बढेको देखिन्छ । karobar