 
	    काठमाडौं, कात्तिक १३ । बिहीबार सेयरबजारमा सामान्य ‘करेक्सन’ आयो ।
बुधबार उल्लेख्य दरले उकालो लागेको नेप्से बिहीबार उतार चढावबीच नगन्यमात्र करिब २ अंकले रातो रहेर १६ सय ४५ कायम भयो ।
कारोबार भने उच्च तीन अर्बमाथि रह्यो ।
यसदिन आधा समूह रातो रहे भने आधा हरियो रहे । उत्पादनमूलक, विकास बैंक, होटल, वाणिज्य बैंक, वित्त र सामूहिक लगानी कोष ऋणात्मक रहे । उत्पादनमूलक समूहमा ३४ अंक अनि विकास बैंक र होटल समूहमा दोहोरो अंकको गिरावट आयो ।
बिमा, लघुवित्त, व्यापार, अन्य र जलविद्युत समूह भने उकालो लागे । निर्जीबन बिमा समूहमा ३९ अंकको वृद्धि आयो । व्यापार र लघुवित्त समूह पनि दोहोरो अंकले सुधारिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १९२ कम्पनीको एक करोड तीन लाख कित्ता सेयर तीन अर्ब चार करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्