Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


शोधनान्तर स्थिती बचतमा


0
Shares

काठमाडौं, कात्तिक ११ । चालु आर्थिक वर्षमा सरकारको शोधनान्तर स्थिती बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको २ महिनाको अवधीमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति भदौ मसान्तसम्म ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।

यस्तै यसै अवधीमा चालु खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ ।