
काठमाडौं । जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ ।
क्योतो शहरमा रहेको स्टुडियोमा भएको आगलागीमा अन्य केही घाइते भएका छन् ।
अज्ञात व्यक्ति स्टुडियोमा प्रवेश गरी ज्वलनशील पदार्थ छरेर आगजनी गरेको बताइएको छ । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । पक्राउ परेका ब्यक्ति पनि घाइते भएका कारण अस्पतालमा भर्ना गरिएको छ ।
क्योतो एनिमेसन स्टुडियो जापानको प्रख्यात एनिमेसन स्टु्डियो हो ।
आगलागीका कारण स्टुडियो पूर्णरुपमा जलेर नष्ट भएको छ भने लाखौंको क्षति पुगेको बताइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्