Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


वर्षाबाट प्रभावित २८ जिल्लामा सरुवा रोगको जोखिम


0
Shares

काठमाडौं, असार ३१ । अविरल वर्षाबाट प्रभावित २८ जिल्लामा पिउने पानीको स्रोत दुषित भएको छ । बाढीपहिरोसँगै सरुवा रोगको जोखिम देखिएको भन्दै सजग हुन चिकित्सकले सुझाव दिएका छन् ।

स्वास्थ्य सेवा विभाग, महामारी व्यवस्थापन शाखा प्रमुख डा. प्रकाश शाहले सरुवा र कीटजन्य रोगको जोखिम रहेको बताए । झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, हेपाटाइटिसलगायतका सरुवा रोगको जोखिम रहेको उनले बताए ।

तराईका जिल्लामा लामखुट्टेका कारण औलो, डेंगी, कालाजार, चिकनगुनियालगायत कीटजन्य रोगको उच्च जोखिम छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट