२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


चितवनमा ३ सय ७६ सवारी साधन कारवाहीमा


0
Shares

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अव्यवस्थित पार्किङ गर्ने सवारीलाई कारवाही गरेको छ ।

चाडपर्वसँगै बजारमा भीड बढेपछि कारवाहीलाई तीव्र पारिएको ट्राफिक प्रहरीले जनाएको छ । मुख्य राजमार्ग र बजार क्षेत्रका सडकहरुमा बढ्दै गएको सवारी चापलाई मध्यनजर गरी सुरु गरिएको व्हिल लकरचेन लक गर्न थालिएको थियो ।

असोज महिनामा ३ सय ७६ सवारी साधनलाई कारवाही गरिएको छ ।

सडक, फुटपाथ र पार्किङ निषेधित क्षेत्रमा अनधिकृत रुपमा जथाभावी सवारी पार्किङ नगर्न ट्राफिक प्रहरी चितवनले आग्रह गरेको छ ।

तीव्र गतिका कारण जिल्लामा हुने सवारी दुर्घटना कम गर्न राडार गनमार्फत् पनि सवारीको गति चेकजाँच गरिएको छ ।

एकै दिन ट्राफिक नियम उल्लघंन गर्ने ४१ जना चालकहरूलाई कारबाही गरिएको छ ।