१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सतर्कता अपनाउन सुझाव


0
Shares

प्रतीक्षा खनाल र सानु माली (इमेज)

काठमाडौं, असार २८ । अविरल वर्षाले काठमाडौंलगायत देशका अधिकांश स्थान बाढी र पहिरोको चपेटामा परेका छन् ।

जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दाले यस्तोबेला सावधानी अपनाउनु नै अहिलेको पहिलो प्राथमिकता हो । विज्ञहरुले यसैमा जोड दिएका छन् ।

बाढी–पहिरोमा परी झन्डै तीन दर्जन व्यक्तिको मृत्यु भएको छ भने १६ जना बेपत्ता छन् ।

विशेषगरी पूर्वी र मध्य तराईका नदीमा पानीको सतहले सतर्कता तह पार गरेकाले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले सूचना प्रवाह गरिरहेको छ ।

देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू–भागका तथा पश्चिमी तराई क्षेत्रका केही स्थानहरूमा अझैपनि भारी वर्षाको सम्भावना छ ।

पूर्व र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जानसक्ने र पूर्र्वी, मध्य र पश्चिमी तराई क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्नसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाइ छ ।

बाढी पूर्वानुमान महाशाखाले आफ्नो वेबसाइट, टेलिफोन तथा ‘मास एसएमएस’को माध्यमबाट सूचनाको प्रवाह गर्ने र त्यसैलाई आधार मानेर सतर्कता अपनाउन सुझाव दिन्छन्, जलविद् विनोद पराजुली ।

त्यसका साथै केही परम्परागत सूचकलाई आधार मानेर पनि जोखिम न्यूनीकरण गर्नसकिने पराजुली बताउँछन् ।

भिडियो हेर्नुहोस्