
चितवन । लकडाउन र कोभिड– १९ को संक्रमण जोखिमका कारण वन्द भएको विषादी परीक्षण सेवा आजबाट सुरु भएको छ ।
महानगर फलफूल तथा तरकारी बजार भरतपुर– २ मा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालालाई हिजो सफा गरेर आजबाट संचालनमा ल्याइएको प्रयोगशालाकी कर्मचारी अञ्जु भण्डारीले जानकारी दिनुभयो ।
आज विहानै बजारमा आएका मालुवा केरा, घिरौला, टमाटर, नयाँ आलु आदिको नमुना लिएर परीक्षण गरिएको छ ।
यसअघि चितवनका मालुवा केरामा अध्यधिक विषादी देखिएपछि अहिले त्यसको अनिवार्य परीक्षण गर्ने गरिएको र अन्य तरकारी तथा फलफूलको हकमा सिजन सकिएका र नयाँलाई प्राथमिकतामा राखेर परीक्षण गर्ने गरिएको छ ।
त्यस्तै भारतबाट आएका तरकारी तथा फलफूललाई पनि प्रयोगशालामा परीक्षण गरेर मात्रै वाहिर पठाउने गरिएको छ ।
सीमा नाकामा नै जाँच गराएको कागज भए परीक्षण नहुने अन्यथा परीक्षण गरेर खाना योग्य हो वा होइन पहिचान गरेर मात्रै बजार पठाउने गरिएको भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्