Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


बिरामी ठग्ने पाँचवटा औषधी पसल ‘सिल’


0
Shares

सुनसरी, असोज २८ । सुनसरीको धरान उपमहानगरपालिकामा अबैध रुपमा औषधि पसल संचालन गर्ने पाँच वटा पसल सिल गरिएको छ ।

कारवाहीमा परेका औषधि पसलहरुका प्रनित फार्मेसी, पञ्चमुखी मार्फेसी, नमस्कार फार्मेसी, फ्रेन्डस् फार्मेसी र जनता फार्मेसी छन् ।

औषधि व्यबस्था विभागको विराटनगरस्थित कार्यालयबाट आएको टोलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडि संचालनमा आएका २७ वटा औषधि पसलको अनुगमनका क्रममा ठगी गरेको पाइएपछि पाँचवटा औषधि पसल सिल गरिएको हो ।

सिल गरिएका औषधि पसलहरु अर्कैको नाममा दर्ता गरी संचालन गरिएको र फार्मेसी नपढेका व्यक्तिहरुले औषधि विक्रि गरेको र प्रतिबन्धित औषधि विक्रि वितरण गरिएको पाइएको औषधि व्यबस्थापन विभाग विराटनगरका प्रमुख संजिव कट्टेलले जानकारी गराउनुभयो ।

अनुगमन थालिए लगत्तै १७ वटा फार्मेसी संचालकहरु पसल बन्द गरि फरार भएका थिए ।

अनुगमनका क्रममा ८ वटाले फार्मेसीले नियम विपरित संचालन गरेकाले पत्र काटेर बयानका लागि विभागमा वोलाइएको छ ।