Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


पत्नीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा थुनामा


0
Shares

काठमाडौं, असार २८ । पत्नीलाई आत्महत्या गर्न बाध्य गरेको आरोपमा पतिलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

अदालतले हेटौंडा उपमहानगरपालिका–३ का राजु थिङविरुद्ध उक्त आदेश जारी गरेको हो । उनले पत्नी सोनु थिङलाई आत्महत्या गर्न बाध्य गरेको आरोप छ ।

विगतमा आत्महत्याको घटनामा कसैलाई दोषी ठहर गरिँदैनथ्यो । मानसिक एवं शारीरिकलगायतका विभिन्न तनाव दिई आत्महत्या गर्न बाध्य पारेको भए कोही/कसैमाथि मुद्दा चलाउन पाइँदैनथ्यो ।

गत भदौ १ बाट कार्यान्वयनमा आएको नयाँ फौजदारी संहिताले आत्महत्या गर्न बाध्य पार्ने जोकोही पनि कारवाहीको भागिदार हुने कानुनी व्यवस्था गरेको छ । –कान्तिपुर दैनिकबाट