काठमाडौं, असार २८ । कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा चार लाख घुससहित पक्राउ परे । शुक्रबार प्राविधिक उपसचिव लामाले छुट पुर्जाको म्याद थप गराइदिने बहानामा घुस मागेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै डीएफओ लामालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
बिहीबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा राजकुमार रौनियार र डा रामहरि रौनियारलाई ८ लाख घुससहित अख्तियारले पक्राउ ग¥यो ।
त्यस्तै असार १० गते शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुख धनबहादुर वली घुस लिँदालिँदै अख्तियारको पन्जामा परेका छन् ।
असार ४ गते त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पटेल ५० हजार घुससहित पक्राउ परे ।
अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले पछिल्लो समय स्टिङ अप्रेसनमा ठूला केस परेको बताए । उच्च पदस्थ कर्मचारी नै स्टिङमा परेका छन् ।
उनका अनुसार यस आर्थिक वर्ष १२० भन्दा बढी स्टिङ अप्रेसन गरिएको छ । जुन गत वर्षभन्दा २३ बढी हो । – अन्नपूर्ण पोस्ट दैनिकबाट










प्रतिक्रिया दिनुहोस्