Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


करेन्ट लागेर चितवनमा एकको मृत्यु


0
Shares

चितवन । चितवनको माडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

माडी नगरपालिका ६ कल्याणपुरमा मध्यवर्ती क्षेत्रभित्र राखिएको सोलार फेन्सको करेन्ट लाग्दा माडी ६ बसन्तपुरका ६० वर्षीय सुकदेव महतोको मृत्यु भएको माडी प्रहरीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।

राती बाली खान आएको गैंडा धपाउन ४ जनाको समुह गएको र फर्कनेक्रममा करेन्ट लागेको बताइएको छ ।