काठमाडौं । इराकको प्राचीन मेसोपोटामियाको बाबिलोन शहर विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ ।
तीन दशक भन्दा लामो प्रयासपछि ४ हजार वर्ष पुरानो बाबिलोन शहर विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ ।
इराकले यो शहरलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका लागि सन् १९८३ देखि प्रयास गर्दै आएको थियो ।
संयुक्त राष्ट्रसंघीय शिक्षा तथा सांस्कृतिक संगठन युनेस्कोले सो शहरलाई हाल आएर विश्व सम्पदा सूचीमा समावेश गरेको हो ।
युनेस्को कमिटीको अजरबैजानमा बसेको बैठकले बाबिलोन शहरलाई विश्व सम्पदाको मान्यता दिएको हो ।
बाबिलोन शहर झुलन बगैंचाका लागि प्रसिद्ध छ । सो बगैंचा विश्वका सात आश्चर्य मध्येको एक हो । पछिल्ला वर्षमा यो शहर अतिक्रमणको चपेटामा परेको छ ।
यहाँ पहिले सद्दाम हुसेनका लागि दरबार बनाइएको थियो । त्यसपछि अमेरिकी सैनिकले आफ्नो बेसक्याम्पका रुपमा प्रयोग गर्दा समस्या परेको हो ।(एजेन्सी)




प्रतिक्रिया दिनुहोस्