३० असार २०८२, सोमबार | Mon Jul 14 2025


क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प, विद्युत् आपूर्ति बन्द


0
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ ।

क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर नेपाली समयअनुसार आज बिहान ९ बजेर ४ मिनेटमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

यो पछिल्लो २० वर्षयताकै शक्तिशाली कम्पन भएको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झन्डै २४० किलोमिटर उत्तर पूर्वमा रहेको रिड्गेक्रेस्ट शहर नजिकै रहेको छ ।

सोही क्षेत्र केन्द्रविन्दु भएर हिजो बिहान ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

आज गएको भूकम्पले पनि ठूलो भौतिक क्षति पु¥याएको भए पनि मानवीय क्षति भने नभएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

भूकम्पका कारण विद्युत् आपूर्ति भने बन्द भएको छ ।(एजेन्सी)