 
	    सिन्धुपाल्चोक । नेपाली काँग्रेस जिल्ला कार्य समिति तथा काँग्रेस र यसमा आबद्ध भातृसंस्थाका नेताहरुले नागपुजे पहिरो पीडितलाई खाद्यान्न्लगायत राहत वितरण गरेका छन् ।
बाह्रबिसे नगरपालिका ७ नागपुजे, भीरर्खक र विकगाउँका पहिरो पीडित ८४ परिवारलाई बुधबार काँग्रेसले नगद, खाद्यन्न, भाँडाकुडाँ, सोलार, कपडालगायतका सामाग्री सहयोग गरेको छ ।
नेपाली काँग्रेस पूर्व जिल्ला सभापति भूपेन्द्र थापाका अनुसार मृतक परिवार र पहिरोबाट अति प्रभावित २६ परिवारलाई चार हजार नगद, एक बोरा चामल, दाल, तेल, नुन, सोलार, भाँडाकुडाँ, पोलारलगायतका सामाग्री सहयोग गरेको हो ।
त्यसैगरी काँग्रेसले पहिरोपीडित बच्छलादेवी माविका विद्यार्थीलाई ट्रयागसुटसमेत वितरण गरेको थियो ।
प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई बर्षैपिच्छे पीडा दिएको र यसबर्ष पनि बाढीपहिरोले ठूलो संख्यामा जनधनको क्षति भएको हुंदाँ काँग्रेस र यसका भातृसंस्थाहरु जनताका पीडामा संधै साथमा रहने सभापति बिकास लामाले बताउनुभएको छ ।
पीडामा परेकाहरुको उद्धार, राहत र पुर्नस्थापनाका निम्ति राज्यका सबै निकायहरुलाई कर्तव्यनिष्ट हुन काँग्रेसले आग्रह गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्