Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


गोसाइँकुण्डमा रेलिङबार निर्माण


78
Shares

रसुवा, असोज १२ । नेपाली सेनाको कालीजंग गणले रसुवाको गोसाइँकुण्डमा रेलिङ निर्माण गरेको छ ।

लामटाङ राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको कालीजंग गणले गोसाइँकुण्ड पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको अप्ठ्यारो भिरको बाटोमा रेलिङबार निर्माण सम्पन्नपछि गोसाइँकुण्ड गाउँपालिकालाई सेनाले एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको सैनिक–नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रमअन्तर्गत् गोसाइँकुण्ड मार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्ड सम्मको २.५८ किलोमिटर अप्ठ्यारो भिरको बाटोमा रेलिङबार बनाइएको हो ।

रसुवाको धार्मिक क्षेत्रको संरक्षण, पदमार्गको मर्मतलगायत गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलाको बेलामा गरेको स्वास्थ्य शिविरबाट तीर्थयात्रीहरुलाई सहयोग पुर्‍याउँदै आएको सेनाले यस वर्ष चोलाङपाटीमा ४० फिट लम्बाइ २० फिट चौडाइको विश्राम घर, भूकम्पले भत्केको बुद्ध मन्दिरमा पुनःनिर्माण र केही अप्ठ्यारो बाटो मर्मत गरिएकोमा ६ नम्बर बाहिनीका बाहिनीपति एवं सहायक रथी सुनिल श्रेष्ठले गणलाई धन्यवाद दिनुभयो ।