२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


लिबियास्थित शरणार्थी शिविरमा हवाई हमला, ४० जनाको मृत्यु


0
Shares

लिबिया, असार १८ । लिबियास्थित एक शरणार्थी शिविरमा भएको हवाई हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

सो हमलामा अन्य ८० जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

राजधानी त्रिपोलीको पूर्वी हिस्सामा रहेको शरणार्थी शिविरमा हमला भएको हो । उक्त शिविरमा अधिकांश अफ्रिकी शरणार्थी बस्दै आएका थिए ।

हमलाको जिम्मेवारी कसैले पनि लिएको छैन । हमला हुँदा उक्त शिविरमा एक सय २० भन्दा बढी शरणार्थी रहेको बताइएको छ ।

सरकारी सुरक्षा निकायले उक्त हमलामा लिबियन नेशनल आर्मी नामक संगठनको संलग्ना रहेको आरोप लगाएको छ । तर उक्त संगठनका प्रवक्ताले उक्त घटनामा आफूहरुको संलग्नता नरहेको बताएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ । (एजेन्सी)