ताप्लेजुङ । याम्फुदिनमा एक युवकले धारिलो हतियार प्रहार गरी एकै घरका दुई सहित तीन जनालाई गम्भिर घाईते बनाएका छन् ।
गएराती स्थानीय २२ वर्षिय लाक्पा भोटेले नजिकैका ६० वर्षिय फुटि भोटे, ३६ वर्षिय पाशाङ भोटे र अर्का १८ वर्षिय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरि घाईते बनाएका हुन् ।
घटना पछि लाक्पा फरार रहेका छन् । गम्भिर घाईते तीनै जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
थप उपचारकालागि उनीहरुलाई हेलिकप्टर मार्फत काठमाडौ ल्याइने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्