Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका ९ सहित १० को मृत्यु, एक जनाको उद्धार


0
Shares

स्याङ्जा । वालिङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ ।

आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ का १४ बर्षिय विक्रम नेपाली, २१ वर्षिय कुलदीप नेपाली, १६ वर्षिया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् भने एक बालकको सनाखत हुन सकेको छैन ।

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा लगिएको छ ।

माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

स्याङ्जाकै कालीगण्डकी बिर्घामा पनि पहिरो पुरिएर १७ वर्षीय विष्णु परियारको मृत्यु भएको वडाध्यक्ष विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।

घरमा सुतिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले पुरीदा उनको मृत्यु भएको थियो । पहिरोले बाबुराम र उनका दाइ जगतबहादुर दमाईको घर भत्किएको छ ।

Skip This