२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


काबुलमा शक्तिशाली विस्फोट, ३४ जनाको मृत्यु


0
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।

विस्फोटमा अन्य ६८ जना घाइते भएका छन् । तालिवानी विद्रोहीले विस्फोट गराएको आशंका गरिएको छ ।

विस्फोटपछि सम्भावित तालिवान विद्रोही एक निर्माणाधीन भवनमा छिरेको र सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै टोलो समाचार समितिले जनाएको छ ।

सुरुमा विद्रोहीहरुले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

घाइतेमध्ये कयौंको अवस्था चिन्ताजनक भएको र मृतकको संख्या बढ्न सक्ने पनि आशंका गरिएको छ ।(एजेन्सी)