Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


कोरोनाबाट काभ्रेमा थप एकको मृत्यु


0
Shares

काठमाडौं । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ ।

यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो ।

उहाँका अनुसार आमाशयको क्यान्सर रोगी महिलाको धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडाँै मेडिसिटी अस्पतालमा किमोबाट उपचार भैरहेको थियो ।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २८ पुगेको छ ।

Skip This