
काठमाडौं । अमेरिकाको टेक्सासमा एउटा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
एडिसन विमानस्थलबाट फ्लोरिडाका लागि उडेको केही समयपछि नै डबल इन्जिनसहितको किङ्ग एयरको विमान दुर्घटना भएको हो ।
विमानस्थलकै ह्यांगरमा ठोक्किएर विमान दुर्घटना भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । ह्यांगरमा रोकिएपछि विमानमा आगलागी भएको थियो ।
विमान दुर्घटनामा परे लगत्तै आपतकालीन उद्धारकर्मी घटनास्थलमा पुगे पनि कसैलाई बचाउन नसकेको बताइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्