
म्याग्दी । म्याग्दीमा गरिएको व्यवसायिक केरा खेतीमा खपटे घुन र गवारो रोगको प्रकोप देखिएको छ ।
बेनी नगरपालिका–२ खबरा, बगरफाँटका साथै मंगला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा किरा र रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् ।
केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका–२ खबरा गाउँमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् ।
केरा खेतीलाई मुख्य आम्दानीको श्रोत बनाएका खबराका स्थानीय केराको बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित भएका छन् ।
खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै गएपछि पेशा संकटमा परेको कृषक बताँछन् । केरा बेचेर खबरामा वार्षिक ५० लाख रुपैयाँभन्दा बढी भित्रिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्