२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कंगोको खानी दुर्घटनामा १९ बालमजदुरको मृत्यु


0
Shares

किन्सासा, असार १३ । कंगोको दक्षिणी क्षेत्रमा सन्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सन्चालन गरिरहेको छ ।

ग्लेनकोरको सहायक कम्पनी कामोतो कपर कम्पनी (केसीसी)ले ती मजदुरलाई काममा लगाएको थियो ।

ग्लेनकोरले दुईओटा अग्ला पर्खाल ढलेका कारण अरु मजदुर पनि चेपुवामा परेको हुनसक्ने बताएको छ ।

केही सन्चारमाध्यमले मृत्यु हुनेको संख्या अरु बढी रहेको आशंका गरेका छन् ।

ग्लेनकोरले पछिल्ला दिनहरुमा गैरकानुनी तरिकाबाट बालबालिका खानी मजदुरमा काम गर्न थालेको जनाएको छ ।

यहाँको खानीमा दैनिक दुई हजारभन्दा बढी व्यक्ति जबर्जस्ती आएर काम गर्ने गरेको कम्पनीले दाबी गरेको छ ।

‘अल जजिरा’ टेलिभिजनकाअनुसार सन् २०१६ मा यही खानीमा करिब २५० मिटर अग्लो पर्खाल भत्किएर सातजना कामदारको ज्यान गएको थियो ।

अफ्रिकाका धेरै मुलुकमा अवैज्ञानिक तरिकाबाट खानी उत्खनन् गर्नेक्रममा वर्सेनि धेरैको ज्यान जाने गरेको छ । रासस/एएनआई