Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


मायादेवी मन्दिरमा नित्यपुजा गर्न माग, नभए सघर्ष गर्ने


0
Shares

लुम्बिनी, भदौ ३० । लुम्बिनीको मायादेवी मन्दिरमा नित्यपुजा संचालन गर्न सरोकारबालाहरुले माग गरेका छन् ।

धर्मोदय सभा नव मैत्री विहारमा नित्यपुजा समन्वय समितिसँगको छलफलमा उनीहरुले नित्यपूजा गर्न माग गरेका हुन् ।

मायादेवी मन्दिरमा गत भदौ १७ गतेदेखि नित्य पुजा र प्रार्थना शुरु गर्ने समझदारी लुम्बिनी विकास कोष र भिक्षु लगायतका सरोकारवालाहरुसँग भएको थियो ।

तर कोषले १ दिन मात्र पुजा गर्न दिएर पछि बन्द गरेको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले जानकारी दिनुभयो ।

लुम्बिनीमा अशोक स्तम्भ पत्ता लागे देखि सन् १९८७ देखि मन्दिरमा नित्य पुजा शुरु भएको थियो ।

उनीहरुले कोरोनाको कहरमा विश्व थुनिएको बेला विशेष व्यवस्था गरेर लुम्बिनीमा प्रार्थना, पुजा र ध्यान लगायतको गतिविधि प्रत्यक्ष प्रसारण गरेर लुम्बिनीलाई विश्व सामु पुर्‍याउने राम्रो अवसर समेत भएको बताए लुम्बिनी संरक्षण नागरिक समाज लगायतका विभिन्न २५ भन्दा बढि विहार, गुम्बाका प्रतिनिधिहरुले यो अवसर सदुपयोग गर्न सरकारको ध्यानाकर्षण समेत गरेका छन् ।

Skip This