२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ट्युनिसियाका राष्ट्रपति अस्वस्थ


13
Shares

ट्युनिसिया, असार १३। ट्युनिसियाका राष्ट्रपति बेजी सइद एसेब्सीको स्वास्थ्यमा गम्भीर समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

९२ वर्षीय राष्ट्रपतिको स्वास्थ्यमा गम्भीर समस्या आएपछि राजधानी ट्युनिसस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो । सन् २०११ मा भएको क्रान्तिपछि मुलुकको राजनीतिको सबैभन्दा प्रमुख पात्रका रुपमा रहेका उनको अवस्था निकै गम्भीर रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनको स्वास्थ्यमा कस्तो समस्या आएको हो भन्नेबारे खुलाइएको छैन । यसैसाता पनि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

त्यसबेला उनको स्वास्थ्यमा सामान्यमात्र गडबडी भएको जनाइएको थियो । तत्कालिन राष्ट्रपति जिन अल अबिदिन बेन अलीको सत्ता ढलाएको सन् २०११ को क्रान्तिपछि उनी त्यहाँको सम्मानित राजनेताका रुपमा रहँदै आएका छन् ।

बेन अलीको सत्ता ढलेलगत्तै उनी त्यहाँको प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसको तीन वर्षपछि भएको निर्वाचनबाट उनी राष्ट्रपति बनेका हुन् । (एजेन्सी)