Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


नारायणगढ –मुग्लिन सडक एकतर्फी खुला


0
Shares

चितवन । नारायणगढ –मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक एकतर्फी सञ्चालनमा आएको हो । बिहान नारायणगढबाट ३१ दशमलव ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भइरहेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो ।