
ढाका, असार ९ । उत्तरपूर्वी बंगलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १०० भन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् ।
बंगलादेशको राजधानी ढाकाबाट २०३ किलोमिटर टाढा रहेको माउल्भिबजार जिल्लामा सो दुर्घटना भएको छ ।
स्थानीय समायानुसार आइतबार राति ११ः५० बजे सो दुर्घटना भएको अग्नि नियन्त्रण सेनाका एक अधिकारी नुर्नु नाबीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
राजधानी ढाकातर्फ गइरेहको सो रेल डिब्बा पटरीबाट छुट्टिएर सो घटना भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
उद्धारकार्य जारी रहेको र मृतकहको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
यस दुर्घटनाको कारण अनुसन्धानरत् रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्