 
	    काठमाडौं, भदौ १८ । न्याय परिषद्ले प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशलाई आव २०७६/७७ को सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।
परिषद्ले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र गत साउन १ गतेदेखि यही भदौ २८ गतेसम्म सम्पत्ति विरवरण बुझाउन सूचना जारी गरेको हो ।
परिषद्का प्रवक्ता मानवबहादुर कार्कीकाअनुसार यही भदौ २८ गतेसम्म प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरुले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।
न्यायालयमा न्याय परिषद् ऐन, २०७३ आउनुअघि दुई/दुई वर्षमा सम्पत्ति विवरण बुझाउने व्यवस्था थियो । त्यसमा पनि नबुझाउनेका लागि कुनैपनि कारबाहीको व्यवस्था थिएन ।
न्याय परिषद् ऐन, २०७३ ऐन आएपछि सबै न्यायाधीशले अनिवार्यरुपमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।
सम्पत्ति विवरण नबुझाएमा रु पाँच हजार जरिवाना लाग्नेछ ।
प्रवक्ता कार्कीकाअनुसार यसअघि १६ जना न्यायाधीश जरिवानामा पर्नुभएको थियो ।
सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी हाल प्रधानन्यायाधीशसहित ४४८ न्यायाधीश रहेका छन् ।
बन्दाबन्दीको अवस्था भएको हुनाले हुलाक, कुरियर वा अन्य कुनै निकायबाट भएपनि तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाउन परिषद्ले सूचना जारी गरेको हो ।
सार्वजनिक बिदाबाहेक परिषद्को कार्यालय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुला रहने सूचनामा उल्लेख छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्