Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


१० लाखभन्दा बढीको कारोबारको जानकारी वित्तीय इकाइलाई दिनुपर्ने


0
Shares

काठमाडौं, असार ६ । नेपाल धितोपत्र बोर्डले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६’ जारी गरेको छ ।

निर्देशिका आउँदो साउन १ देखि लागू हुनेगरी जारी गरी साविकको निर्देशिकालाई प्रतिस्थापन गरेको जनाएको छ ।

धितोपत्र तथा वस्तुबजारसम्बन्धी व्यवसाय तथा काम–कारबाही र कारोबारलाई पारदर्शी बनाइ लगानीकर्ताको हित संरक्षण गर्न तथा उक्त व्यवसायमा संलग्न सबैलाई जिम्मेवार बनाइ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम उक्त निर्देशिका जारी गरी लागू गर्न लागिएको बोर्डले जनाएको छ ।

सूचक संस्थाले वास्तविक धनीको पहिचान गर्दा वास्तविक धनी पहिचान गर्ने संयन्त्रबमोजिमको व्यवस्था मिलाउनुपर्ने, सूचक संस्थाले वास्तविक धनी वा निजको परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख व्यावसायिक सम्बन्ध वा कारोबार समाप्त भएको मितिले पाँच वर्षसम्म राख्नुपर्नेलगायतका व्यवस्था गरेको बोर्डले गरेको जनाएको छ ।

एक दिनमा पटक–पटक वा एकैपल्ट १० लाख रुपैयँभन्दा बढीको कारोबारको जानकारी वित्तीय इकाइमा दिनुपर्ने नयाँ व्यवस्था बोर्डले गरेको छ ।

Skip This