Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा


0
Shares

फ्रान्स, असार ६ । विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । फ्रान्समा जारी प्रतियोगिताको समूह चरणका खेल गएराति सकिएपछि प्रि–क्वाटरफाइनल खेलको समीकरण पूरा भएको हो ।

गएराति साविक विजेता अमेरिकाले स्विडेनलाई २–० ले हरायो । जितसँगै अमेरिका समूह विजेता बन्दा स्विडेन दोस्रो हुँदै नकआउट चरणमा प्रवेश ग¥यो ।

गएराति भएको समूह ‘एफ’ कै अर्को खेलमा चिलीले थाईल्याण्डलाई २–१ ले हरायो । 

यसैगरी समुह ‘ई’ का खेलहरुमा नेदरल्याण्ड्सले क्यानडालाई २–१ ले हराउँदा क्यामरुनले न्यूजिल्याण्डमाथि २–१ कै जित निकाल्यो । 

गएरातिका खेलपछि विश्वकप महिला फुटबलको नक आउट चरणका खेल तय भएका छन् । राउण्ट अफ सिक्सटिनको खेलमा जर्मनी र नाईजेरिया, नर्वे र अस्ट्रेलिया, इङ्ल्याण्ड र क्यामरुन, आयोजक फ्रान्स र ब्राजिल, स्पेन र अमेरिका, स्विडेन र क्यानाडा, ईटाली र चीन तथा नेदरल्याण्ड्स र जापान भिड्नेछन् ।