 
	    काठमाडौं । युरोपेली मुलुक स्वीडेनमा आयोजना गरिएको र्यालीमा कुरान जलाएको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजना गरिएको एक र्यालीका क्रममा कुरान जलाइएको थियो ।
सोही घटनाविरुद्ध स्वीडेनको माल्मो शहरमा आयोजना गरिएको विरोेध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रदर्शनकरीहरुले निजी तथा सरकारी सवारीसाधनलगायत कतिपय सरकारी भवनहरुमा समेत तोडफोड तथा आगजनी गरेका छन् ।
सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप हुँदा कयौं प्रदर्शनकारी घाइते भएका छन् भने सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।
राममुस पालुदन स्वीडेनमा जारी देशको प्रवासन नीतिको विरुद्धमा लागेपछि स्वीडेन सरकारले उनलाई एक महिना जेल सजाय समेत दिएको थियो ।(एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्