Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


पल्सर स्पोर्ट्स अवार्डका लागि सगरमाथा सिमेन्ट र टर्किस एअरसँग सहप्रायोजन सम्झौता


0
Shares

काठमाडौं, असार ५ । यही असार १७ गते काठमाडौंमा आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सगरमाथा सिमेन्ट र टर्किस एअरलाइन्ससँग सहप्रायोजन सम्झौता गरेको छ ।

मञ्चले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सगरमाथा सिमेन्टसँग दोस्रोपटक र टर्किस एअरलाइन्ससँग पहिलोपटक सम्झौता गरेको हो ।

सम्झौताअनुसार सगरमाथा सिमेन्टले अवार्ड आयोजनाका लागि मञ्चलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

त्यसैगरी, टर्किस एअरलाइन्सले वर्ष पुरुष र महिला खेलाडीलाई टर्किस एअरलाइन्सको कुनैपनि गन्तव्यका लागि पाँच लाख रुपैयाँ बराबरको दुईथान दुईतर्फी टिकट उपलब्ध गराउनेछ ।

एअरलाइन्सले मञ्चको सिफारिसमा राष्ट्रिय खेलाडीहरुलाईसमेत हवाई टिकटमा १० प्रतिशत छुटको व्यवस्था गर्ने जनाएको छ ।

विभिन्न १० विधामा हुने पुरस्कारअन्तर्गत् पिपल्स च्वाइस, वर्ष उत्कृष्ट खेलाडी पुरुष तथा महिला र वर्ष प्रशिक्षकले एक/एकओटा पल्सर मोटरसाइकल पाउनेछन् ।

युवा वर्ष खेलाडी, पारा एथ्लिट, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र टिम अफ दी इयर तथा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।