
चितवन, भदौ १२ । चितवनमा एकसाता निषेधाज्ञा थपिएको छ ।
दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको शुक्रबार अन्तिम दिन जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताउनुभयो ।
बैठकले बैंक तथा वित्तिय संस्थालाई आलोपालो बढीमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरि विहान १० बजेबाट १ बजेसम्म मनी ट्रान्सफर र सहकारी सन्चालन गर्न दिने निर्णय गरेको छ ।
चितवनमा पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरि भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको थियो ।
यस्तै साउन ३२ गते रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा र भदौ ६ गतेदेखि १२ गते सम्म लागू हुने गरि जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्