
काठमाडौं, असार ३ । अघिल्लो दिन सामान्य अंकले हरियो रहेको सेयरबजार मंगलबार पुनः रातो रह्यो ।
अघिल्लो दिन अढाइ अंकजसोले हरियो रहेको नेप्से यसदिन उस्तै अंकले ऋणात्मक रही १२ सय ५८ मै आएर थामियो ।
लघुवित्त, विकास बैंक र वाणिज्य बैंक समूह नगन्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागे ।
जीवनबिमा समूह सबैभन्दा उच्च ५० अंकले ओरालो लाग्यो । निर्जीवन बिमा समूह पनि २८ अंकले झर्यो भने होटल समूहमा पनि दोहोरो अंकको कमी आयो । अरु समूह सामान्य अंकले रातो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीका १२ लाख २६ हजार कित्ता सेयर जम्मा ३६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्